नियम १०
जग्गा बिक्री वितरण गर्ने

१०. जग्गा बिक्री वितरण गर्ने

(१) नियम ९ मा लेखिएदेखि बाहेक योजनाको निमित्त नेपाल सरकारबाट प्राप्त गराइएका जग्गाहरू समितिले योजनामा निर्दिष्ट उद्देश्य अनुसार बसोबास वा अन्य कामको लागि कुनै संस्था वा व्यक्तिलाई बिक्री वितरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा बिक्री वितरण गर्दा नियम ९ को उपनियम ( २) मा तोकिएको आधारमा समितिले जग्गाको मुनासिब मोल तोक्नेछ ।